काठमाण्डौं / सरकारले लकडाउन जेठ २० गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
आज मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो । सरकारले यस अघि थप गरेको लकडाउन सोमबार सकिदैछ । पछिल्लो समय धमाधम कोरोना संक्रमित थपिँदै गएपछि सरकारले लकडाउनको समय थप गरेको हो । जनस्वास्थ्य विज्ञहरुले पनि बढि कोरोना प्रभावित क्षेत्रमा लकडाउन कडा बनाउन र अन्य क्षेत्रमा खुकुलो बनाउन भनेका थिए ।
आजैै बसेको कोभिड– १९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको थियो । लकडाउनको आज ५५ औं दिन हो ।
तपाईको प्रतिक्रिया