RUMPUM
animated ellipse animated ellipse

नेपालले चाईनिज ताईपेविरुद्ध आज कुवेतमा खेल्दै, ताइपेईविरुद्ध जित निकाल्दै एसिया कप छनोट बलियो बनाउने आस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० जेष्ठ २०७८, बिहीबार ०६:३०
837
Shares
विराटनगर / सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाईनिज ताईपेविरुद्ध आज खेल्दैछ ।

अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र ताईपे भिड्न लागेका हुन् । त्यसपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । कोरोना महामारीकाबीच नेपालले आफ्ना तीन होम खेल कुवेतमा खेल्न लागेको हो । दुई पटकसम्म स्थगित भएको खेल अन्तत उच्च तापक्रम रहेको कुवेतमा हुने निश्चित भएको थियो ।

यसअघि चार अवे खेल खेलेको नेपालले बाँकी चार खेल होम मैदानमा खेल्ने तय थियो । कुवेतविरुद्ध पहिलो होम खेल मैदान तयार नहुँदा ‘न्युट्रल भेन्यु’का रुपमा भुटानको थिम्पुमा भएको थियो । कोरोना महामारीका कारण समूह बीका सबै टोलीले कुवेतमा खेल्ने तय भएको हो । सोहि अनुसार यतिबेला नेपाली टिम कुवेत पुगेको छ ।

फिफा वरीयतामा आफुभन्दा १०३ औं स्थान माथिको इराकसँग मैत्रिपूर्ण खेल खेलेर नेपाली टिम इराकबाट २ घण्टाको स्थलमार्ग हुँदै कुवेत पुगेको हो । अब नेपालले कुवेतमा ८ दिनभित्र ३ खेल खेल्नेछ । पहिलो खेल ताईपेविरुद्ध हुनेछ । कतारमा हुने विश्वकप र चीनमा हुने एसिया कपको लागि समेत छनोट माध्यम रहेको प्रतियोगिताको समूह बी मा नेपालले एक जित दर्ता गराएको छ । चाईनिज ताईपे जित विहीन छ । चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ ।

नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् । पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० को बाजी मारेको थियो । फिफा वरीयतामा नेपाल भन्दा ताईपे माथि छ । ताईपे १४१ औं स्थानमा छ भने नेपाल १७१ स्थानमा छ ।

समूह बी मा ४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहिन हुदै तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर