विराटनगरका सिटी रिक्सा चालकलाई खाद्यन्य सहयोग

खबर पूर्वाञ्चल, ९ असार २०७८, बुधबार १८:०९

विराटनगर / विराटनगर महानगरपालिका भित्रका अत्यन्त विपन्न १ सय २ इलेक्ट्रिक सिटि रिक्सा चालकहरुलाइ खाद्यान्य वितरण गरिएको छ ।

दिगो विकास इन्सिच्यूटले अफ्टयारोमा परेका सिटी रिक्सा चालकहरुलाई खाद्यान्न सहयोग गरेको हो । १०२ जना सिटि रिक्सा चालकहरुमध्ये पहिलो चरणमा ७ जना पुरुष र ३ जना महिला गरि जम्मा १० जना चालकहरुलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र गैर सरकारी संस्था माहासंघ मोरङका उपाध्यक्ष्य विष्णु पन्तको उपस्थितिमा राहत वितरण गरियो । बाँकि ९२ चालकहरुलाई कुपन प्रणली मापर्mत खाद्यान्न सामाग्री उपलब्ध गराइने दिगो विकास इन्सिच्यूटका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए ।

दिगो विकास इन्सिच्यूटद्धाराहरेक सिटि रिक्सा चालकहरुलाई १ बोरा जिरा मसिनो चामल, १ के.जि दाल, १ लिटर तेल, १ के.जि. नुन, ५०० ग्राम स्वायविन र १० पिस मास्क बितरण गरेको छ । राहत पाउने ९७ जना पुरुष चालक र ५ जना महिला गरी जम्मा १०२ जना सिटि रिक्सा चालक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५