AArya
RUMPUM
animated ellipse animated ellipse

निर्वाचित राप्रपा जिल्ला कार्य समितीले लिए सपथ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ आश्विन २०७८, सोमबार १८:४१
981
Shares
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकताको मोरङ जिल्ला अधिवेशनवाट निर्वाचित अध्यक्षलगायत सदस्यहरुलाई आज विराटनगरमा सपथ ग्रहण गराइयो ।

राप्रपा मोरङको आज भएको भेलाले गएको भदौ २८ गते सम्पन्न अधिवेशनले अध्यक्षमा माधवप्रसाद आचार्य सहित ४१ सदस्यीय कार्य समिति सदस्यहरुलाई सपथ ग्रहण गराइएको राप्रपा केन्द्रीय तराई मधेश प्रमुख दिनेश साहले जानकारी दिए । निर्वाचनमा अध्यक्ष आचार्यले श्यामबहादुर कार्कीलाई पराजीत गरेका थिए ।

राप्रपा जिल्लाको प्रथम बैठकले राप्रपाका जिल्ला भातृ संगठनहरु पूर्व प्रहरी परिषद्को संयोजकमा बिनेश्वर श्रेष्ठ,दलित संगठनको संयोजकमा बमबहादुर विश्वकर्मा, विद्यार्थी संगठनको संयोजकमा चेतन खड्का, किराँत सेवा संगठनको संयोजकमा केदार सुनुवार, मजदुर संगठनको संयोजकमा धनबहादुर बस्नेत, कानूनी परामर्श संयोजकमा वरिष्ठ अधिवक्तता उद्धवचन्द्र घिमिरे, मुस्लिम सगठनको संयोजकमा मोहम्मद नवि अन्सारीलाई चयन गरिएको छ ।

यसैगरी वैठकले महानगर पूर्व प्रहरी संयोजकमा राजकुमार श्रेष्ठ, विद्यार्थी संगठनको संयोजकमा रोजी फातमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर