AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आफ्नै श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ आश्विन २०७७, शनिबार १२:४२
3
Shares
दमक / आफ्नै श्रीमतीको हत्याको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह–१ की ६५ वर्षीया श्रीमती मनमाया भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमान ६४ वर्षीय भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले प्रारम्भिक अनुसन्धानका क्रममा भीमबहादुरले नै श्रीमतीको हत्या गरेको निश्कर्ष निकाल्दै उनलाई पक्राउ गरेको जनाएको छ ।

सोमबार हात पछाडी बाँधिएको अवस्थामा आफ्नै घरभित्र मनमाया मृत फेला परेकी थिइन् । घटना भएको समयमा उनका श्रीमान घरमै रहेको खुलेपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरी जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थपेको छ । यसअघि भीमबहादुरले आफू गौरिगञ्ज गएर आउँदा घरमा श्रीमतीको हत्या भएको शव भेटिएको बताएका थिए ।

घटनास्थलको अध्ययन र पोस्टमार्टम रिर्पोटका आधारमा श्रीमान भीमबहादुरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । भीमबहादुरले १ बजे घरबाट निस्किएको बताएकोमा पोस्टमार्टम रिपोर्टमा उनको हत्या पनि त्यही समयमा भएको खुलेको छ ।

भण्डारी दम्पत्ति लकडाउनभरि कमल गाउँपालिकाको ढ्यांग्रीस्थित घरमा थिए । उनीहरू हत्या भएको दिन बिहान १० बजे मात्र गौरादहको घरमा आइपुगेको प्रहरीले जनाएको छ ।

कमलबाट ६ महिनापछि गौरादह आएका उनीहरुको कोहीसँग दुश्मनी नदेखिएको र ६ महिनापछि आएर घर पनि सफा नगरेको अवस्थामा मनमायाको शव भेटिएको, घरमा चोरी नभएको तथा छिमेकीको बयानका आधारमा पनि श्रीमान नै हत्यामा संलग्न रहेको देखिएको प्रहरीको भनाइ छ । मनमायाको टाउको र निधारमा चोट थियो । उनीमाथि हम्बर प्रहार भएको प्रहरीको अनुमान छ । भीमबहादुरले अपराध स्वीकार नगरेका कारण हत्याको कारण खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर