पूर्वाञ्चल खबर
कानेपोखरी गाउँपालिका–७ बरगाछीमा सञ्चालित शिविरमा संलग्न ब्राजिल, क्यानडा र अमेरिकाका नागरिकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । गृह मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहितको टोलीले आवश्यक अनुमति नलिई शिविर सञ्चालन गरेको थियो । उनीहरूका कागजात जफत गरी थप कारबाहीका लागि अध्यागमन विभाग पठाइएको मन्त्रालयले जनाएको छ ।
गत कार्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए ।
स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यस अघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा संचालन गर्दै आएका थिए । मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना–ठूला भवन निर्माण गरेको र सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको बिबाद सूरु भएपशुचा स्थानियलाइ खुसी पार्न किराना व्यवसायी नवराज श्रेष्ठले शिबिरको आयोजना गरेका थिए । हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ ।
उक्त स्थानमा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको बताइएको छ । धार्मिक गतिविधिका कारण उत्पन्न विवाद मत्थर पार्ने उद्देश्यले व्यवसायी श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको बताइएको छ ।
अध्यागमन विभागका अनुसार पक्राउ परेका विदेशी नागरिक अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए । उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको जनाइएको छ ।
पर्यटक भिसामा आएर अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै धर्म प्रचारमा संलग्न भएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।