AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले कोशी प्रदेशको सुरु भयो मतगणना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०८०, सोमबार १७:५३
216
Shares
विराटनगर / नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ ।

आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको गणना पाँच बजेबाट सुरु भएको हो।

७ स्थानबाट मतगणना सुरू भएको छ । ९९७ जना प्रतिनिधि रहेकोमा ९७७ मत खसेको थियो । अधिबेशनमा अध्यक्ष लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ । मतदान सकिएको १२ घण्टापछि मतगणना सुरु भएको हो । मतदान विहान ५ बजे सकिएको थियो ।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको छ । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर