animated ellipse animated ellipse

विराटनगरमा सुरु भयो विद्यालय नाटक महोत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०८१, शनिबार १८:४६
297
Shares
विराटनगर / विराटनगरको आरोहण गुरुकुलमा विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ ।

आज विप्लव ढकालको लेखन तथा सविन भट्टराईको निर्देशनमा तयार भएको ‘नीलाम्बरको आकाशयुद्ध’ नामक नाटक मंचनसँगै महोत्सव सुरु भएको हो । नाटकमा गुरुकुलका कलाकाहरूको अभिनय रहेको थियो । १० वटा विद्यालय सहभागि महोत्सवमा भोलिबाट हेरक दिन एउटा नाटक मञ्चन हुनेछ ।

महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी र रंगेलीका विद्यालय सहभागि भएको महोत्सवका संयोजक दिपेश भण्डारीले जानकारी दिनुभयो । भोलि आइतबार विराटनगरको ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले योशिको उचिदाको कथामा आधारित ‘बुद्धिमानी आमा’ नामक नाटक मञ्चन गर्नेछ । सो नाटकमा मनिषा राजवंशीको निर्देशन रहेको छ भने लकेश दंगालले सहजीकरण गरेका छन् । भदौ ३१ गतेसम्म चल्ने महोत्सवमा हरेक दिन २ बजेदेखि नाटक मञ्चन हुने संयोजक भण्डारीले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर