animated ellipse animated ellipse

नेपालले हङकङलाई दियो २१४ रनको विशाल लक्ष्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ कार्तिक २०८०, शनिबार १२:४२
126
Shares
विराटनगर / काठमाण्डौमा जारी त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले हङकङलाई २१४ लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो ।

सुरुवाती खेलमा खराब प्रदर्शन गरेको नेपालको पारी दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले ६६ बलमा १५७ रनको ठोस साझेदारीले े हङकङलाई २१४ लक्ष्य दिएको हो । कुशलले ४१ बलमा ९ छक्का र ३ चौका प्रहार गर्दै ९२ रनमा आउट भए भने दिपेन्द्रले३४ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै ५७ रनको अर्ध सतकीृ पारी खेले । त्यस्तै आसिफ शेखले २० रन र कप्तान रोहीतकुमार पौडेल ११ रनमा आउट भए ।

नेपाल एक समयमा ८ ओभर १ बलमा ५५ रनमा ४ विकेट कसमाएको थियो । हङकङका हारुन अर्सद र महमद घजान्फरले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर