AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०८१, शुक्रबार १८:०८
45
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाले गत आथिक वर्षको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल तथा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थितिमा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा आर्थिक प्रशासन महाशाखा प्रमुख संजीवकुमार भट्टराई, राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोजकुमार गौतम, स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादव, शैक्षिक प्रशासन महाशाखा अधिकृत कृष्ण भट्टराई, योजना तथा पूर्वाधार विकास महाशाखा प्रमुख अर्जुन थापा, घर नक्सा शाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेल, आर्थिक विकास महाशाखा प्रमुख कृष्ण पोखरेल,, सामान्य प्रशासन शाखाकी प्रमुख अनिता कोइराला, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहोनीलगायत महाशाख र शाखा प्रमुखहरुले एक वर्षको अवधिमा आफ्नो शाखा महाशाखाले गरेको प्रगति विवरण प्रस्तुत गरे । उनीहरुले आफ्ना महाशाखा र शाखा नीतिगत समीक्षा, कार्यान्वयन गर्दा देखा परेका समस्या र चुनौतीहरुसमेत जानकारी गराए ।

गोष्ठीलाई सम्बोधन गर्दै मेयर कोइरालाले आगामी दिनमा अझै प्रतिफल प्राप्त हुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिए । त्यस्तै उपमेयर कार्कीले महानगरले अघि सारेका नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न रणनीतिक योजनासहित प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिइन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुंगेलले जनप्रतिनिधि र कर्मचारीहरुबीचको सहकार्य र एकताले गत वर्ष भौतिक विकास, राजस्व संकलन, बजेट कार्यान्वयन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रभावकारी काम भएको दाबी गरे । आगामी दिनमा अझै प्रभावकारी कार्यसम्पादन गर्न कर्मचारीहरुको तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गरे । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले हरेक वर्ष वार्षिक समीक्षा गोष्ठी गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर