जसराज किराँतीलाई धनलक्ष्मी–यशोदा साहित्य पुरस्कार

खबर पूर्वाञ्चल, २४ श्रावण २०७९, मंगलवार २०:५८
153
Shares
विराटनगर / मोरङको झोराहाटस्थित धनलक्ष्मी–यशोदा वाङ्मय प्रतिष्ठानले वरिष्ठ कवि जसराज किराँतीलाई पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानको बैठकले पाँच दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय किराँतीलाई ५० राशिको पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । सो पुरस्कार धनपति खतिवडा, लक्ष्मीदेवी खतिवडा र यशोदा खतिवडाका छोरा गोविन्द खतिवडा, केदार खतिवडा, गण्डकीपुत्र र बुहारी सीता खतिवडाले स्थापना गरेका हुन् । गण्डकीपुत्र अग्रज कविसमेत हुन् । गण्डकीपुत्रकै अग्रसरतामा पुरस्कार स्थापना गरिएको हो ।

यसअघि सो पुरस्कार वरिष्ठ कवि कुन्ता शर्मालाई समर्पण गरिएको थियो । घोषित पुरस्कार आगामी फागुनमा विशेष समारोह आयोजना गरेर प्रदान गरिने कविसमेत रहेका प्रतिष्ठानका गण्डकीपुत्रले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५