विराटनगरमा आजबाट बिग होटलमा बृहत शैक्षिक मेला

खबर पूर्वाञ्चल, १० असार २०७९, शुक्रबार ०७:५७
207
Shares
विराटनगर / अफेयर्स नेपाल प्रालिको आयोजनामा विराटनगरमा अहिलेसम्मकै सबैभन्दा ठूलो दुई दिने वृहत शैक्षि मेला आजदेखि विराटनगरमा सुरु हुदैछ । शनिबारसम्म विराटनगरस्थित बिग होटलमा वृहत् शैक्षिक मेला हुनेछ ।

दुई दिनसम्म चल्ने ‘स्टडी इन इन्डिया एक्स्पो’ शैक्षिक मेलामा भारतका नाम चलेका २० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ । एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्धिविधा मेटाउन नाम चलेका विश्वविद्यालयहरूबाट आएका प्रतिनिधीहरुले दुई सयभन्दा बढी कोर्षहरूका बारेमा जानकारी प्रदान गरिदिनेछन् । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।

शैक्षिक मेलामा विद्यार्थीहरूको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिने अवसर एक्स्पोले गर्ने अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलिया बताए । शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइने उनले बताए ।

‘शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष कुराकानी र पढाइको विषयमा जानकारी लिनसक्नेछन,’ उनले भने, ‘स्थानिय स्थरमै भारतका प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेला आयोजना गर्न लागेका हौं ।’ यस्तो शैक्षिक मेला अफेयर्स नेपाल काठमाण्डौंसहित देशका प्रमुख सहरहरू गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५