AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महिलाहरुमा हुने हिंसा, करणीका मुद्दा मिलाप गर्ने कार्य गर्नुपर्ने उपसभामुख दनुवारको सुझाव 

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०८०, मंगलवार १५:२२
126
Shares
विराटनगर / महिला अधिकारको संरक्षणमा तीन तहको सरकार जिम्मेवार हुनु पर्ने सुझाव सहभागी दिएका छन् ।
वियोण्ड बेजिङ्ग कमिटी कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित  महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धी सम्वन्धी परामर्श कार्यशाला गोष्ठीका सहभागीहरुले  लैङगिक समानता नीति सङ्घीय सरकारले बनाउनु पर्नेमा जोड दिएका छन् ।
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले महिला विरुद्ध हुने हिंसाको प्रभावकारी रुपमा  रोकथामका लागि हामी सबैले आफ्नो क्षेत्रका कार्य गर्नुपर्ने बताइन् । उनले महासन्धीलाई प्रभावकारी रुपमा  कार्यान्वयन गर्न सरकारले बजेटसहित  कार्यक्रम ल्याउनु  पर्नेमा जोड दिइन् ।
उपसभामुख दनुवारले गाउँघरमा महिलाहरुमा हुने हिंसा, करणीका मुद्दा मिलाप गर्ने कार्य   एवं बालविवाहविरुद्ध सामाजिक सङ्घसंस्था चनाखो भएर कार्य गर्नुपर्ने सुझाव दियन् ।
 कमिटीकी प्रदेश अध्यक्ष सिता पौडेल, जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झा,कमिटीकी  केन्द्रीय सदस्य रिता साह विवाहको अहिलेको उमेर ठिक रहेकोले त्यस सम्वन्धमा समाजलाई सचेत गराउन हामीसबैले जिम्मेवारीका साथ कार्य गर्नुपर्ने बताइन् ।
गोष्ठीमा प्रदेशका १४ जिल्लामा रहेका  महिला हक  अधिकार एवं मानवअधिकारी सम्वन्धमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरुले  समाजमा रहेको कुरिति कुसंस्कार एवं दाइजो प्रथा अन्त्य गर्न सरकारले कानूनको कार्यायन्वयन गर्नुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर