सागका पदक विजेता ८८ खेलाडी प्रदेश १ सरकारद्धारा सम्मानित

खबर पूर्वाञ्चल, ३१ असार २०७७, बुधबार २०:४९

विराटनगर/ प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ ।

एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता ४ जना र एकल तर्फ कास्य पदक विजेता १० जना खेलाडी, टीम तर्फ स्वर्ण पदक विजेता १५ जना, टीम तर्फ रजत पदक विजेता २२ जना र टीम तर्फ कास्य पदक विजेता ४१ जना गरि ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मानित गरे । खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले प्रदेश सरकारले खेलकुदलाई छायाँमा नपारिने समेत बताए ।

सामाजिक विकास मन्त्री घिमिरेले खेलका माध्यमबाट जिविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने बताए । कोरोना भाईरसको संक्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको बताए । ढिलै भएपनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिईने उनले बताए ।
सागमा एकल र टीम तर्फ स्वर्ण पदक विजेतालाई १ लाख देखि ७५ हजार ५ सयसम्म, एकल र टीम तर्फ रजत विजेतालाई १ लाख देखि ६० हजारसम्म र एकल र टीम तर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँसम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले बताए । १० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेको उनले बताए । उनका अनुसार खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको बताए ।

प्रदेश सरकारले साग विजेता खेलाडीलाई सम्मानित गरेकोमा खुशी लागेका फुटवल खेलाडी सुजल श्रेष्ठले बताए । उनले खेलाडीहरुले पैशा भन्दा पनि राष्ट्रका लागि खेल्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५