AArya
RUMPUM
animated ellipse animated ellipse

लाओसविरुद्धको खेल पूर्व हंगकंगसँगको मैत्रीपूर्ण खेलले सकारात्मक उर्जा दिन्छ : प्रशिक्षक म्याट रसल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ जेष्ठ २०८२, बुधबार २०:१३
36
Shares
हंगकंग / हंगकंगविरुद्ध जित हात पार्ने मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बताएका छन् ।

आज हंगकंग स्टेडियममा आयोजित प्रि म्याच क्रन्फ्रेन्सका क्रममा मुख्य प्रशिक्षक रसले हंगकंगलाई नजिकबाट नियालेको बताए । हंगकंग बलियो टोली भएको बताएका मुख्य प्रशिक्षक रसले हंगकंगलाई राम्ररी अध्ययन गरेको बताए । रातीको खेलमा हंगकंगको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे । उनले भने, “हामीले एशियन च्याम्पियन्सीप छनोटमा लाओसविरुद्धको खेल पूर्व यसप्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक उर्जा दिएको छ। हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमीकमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौ । यो सुखद पक्ष हो ।” हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको प्रस्टाए ।

हंगकंगसंगको उच्चस्तर खेल हुने बताएका मुख्य प्रशिक्षक रसले हंगकंगविरुद्ध आफूहरुले उत्कृष्ठ खेल प्रस्तुत गर्ने उल्लेख गरे । प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोंगले हंगकंगसंगको मैत्रीपूर्ण म्याच मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत उत्कृष्ठ अभ्यास गरेको बताए । उनले भने, “हामी विपक्षीलाई सम्मान गर्छौ। तरपनि पाहुनाका रुपमा हामी भोली हुने खेलका लागि तयारीमा रहेकाछौ ।”

बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले आज बेलुका अन्तिम अभ्यास गरेको छ । हंगकंगले यसै मैदानमा केहीदिन अघि इंगलिश टोली म्यानचेष्टर युनाइटेडसंग ३ एक गोल अन्तरले हारको स्वाद पाएको थियो । हंगकंगको टोली फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर