animated ellipse animated ellipse

लकडाउन दश दिन थप्ने सकारको निर्णय

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ बैशाख २०७७, आईतवार १९:५३
3
Shares
काठमाण्डौं / लकडाउनको अवधी दश दिन थप गर्ने सकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले लकडाउन दश दिन थप गर्ने निर्णय गरेको हो । चैत ११ गतेबाट सुरु भएको लकडाउन पाँचौ पटक थपिएको हो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो ।

उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शनिबार लकडाउनलाई कम्तीमा एक साता लम्ब्याउन सिफारिस गरेको थियो । पछिल्लो समय देशका पहाडदेखि तराईका विभिन्न जिल्लामा कोरोना संक्रमित देखिने क्रम बढ्दै गएपछि सरकारले लकडाउनलाई पनि निरन्तरता दिएको हो ।

हालसम्म नेपालमा कोरोनाभाइरसको संक्रमण ५२ जनामा पुष्टि भइसकेको छ भने त्यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर