AArya
RUMPUM
animated ellipse animated ellipse

११ सय ४५ किलो गाँजासहित ३ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०८२, मंगलवार १९:०९
126
Shares
विराटनगर/ प्रहरीले धनकुटा र सुनसरीबाट एक हजार १ सय ४५ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । दुई वटा सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।

बैशाख १५ गते राती धनकुटाको चौबिसे गाउँपालिका– ५ मा ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरेर राखेको अवस्थामा ९ सय ४६ किलो गाँजा बरामद गरेको हो । गाँजा बरामद भएपछि ट्रकसहित ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले चौविसे गाउँपालिका– ५ का मनोज लिम्बुलाई पक्राउ गरेको छ ।

सुनसरीको बर्जु गाँउपालिका– ३ बाट १९९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्र १–०२– ००२ च ५१२६ नम्बरको पिकअप लोड गरिएको अवस्थामा १ सय ९९ किलो गाँजा बरामद गरेको हो । गाँजा र पिकअपसँगै प्रहरीले ओसार पसारमा संलग्न भएको आरोपमा चालक धनकुटा नगरपालिका– ९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर