AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०८२, बिहीबार १७:०८
117
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन दिएका छन् ।

कोशी प्रदेश योजना आयोगको आज विराटनगरमा आयोजित बैठकमा आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री कार्कीले आयोजना बैंकमा समावेश भएका योजनाहरूलाई छुट्याएर आगामी दिनमा यसलाई व्यवस्थित र चुस्त ढङ्गले सञ्चालन गर्न निर्देशन दिए । उनले कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रवाट भइरहेको बसाई सराई रोक्न अध्ययन अनुसन्धान गर्न र योजना अघि सार्नु जरुरी रहेको बताए ।

योजनाहरूको प्राथमिकीकरण र सीमित स्रोत साधनले पुग्ने गरी आयोजनाहरूको छनोट गर्न र प्रदेशका गौरवका आयोजनाहरूको अनुगमन र मूल्याङ्कन गर्न पनि मुख्यमन्त्री कार्कीले आयोगलाई निर्देशन दिए ।
आयोजना बैंकमा ५० हजार ४ सय योजनाहरु प्रविष्टी भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलाले जानकारी दिए ।

कार्यविधि अनुसार प्रदेशले सञ्चालन गर्ने पूर्वाधारका आयोजनाहरु ५० लाखदेखि २ करोड सम्मका छन् । आज बसेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए ।
प्रदेश आयोजना बैंकलाई विषयगत र तहगत रुपमा एकीकृत गरी एकीकृत प्रणालीको विकास र व्यवस्थापन गर्ने, अन्तर प्रदेश योजना आयोग सम्मेलन गर्ने, प्रदेशका गौरव तथा रूपान्तरणकारी योजना तथा आयोजनाको प्रभावकारी अनुगमन र मूल्याङ्कन गर्ने निर्णय आजको बैठकले गरेको छ ।

कोशी प्रदेश तथ्याङ्क ऐन २०८२ को नियमावलीको मस्यौदा तर्जुमा र एकीकृत तथ्याङ्क प्रणालीको विकास गरी प्रदेशमा तथ्याङ्कलाई व्यवस्थित गर्ने निर्णय समेत गरिएको आयोगले जानकारी दिएको छ। त्यस्तै घरपरिवारमा उत्पादन गरिने परम्परागत मदिराको ब्रान्डिङका लागि आवश्यक प्रविधि र कानुनी विषयमा थप अध्ययन गरी अघि बढ्ने र यसलाई अन्तिम टुङ्गोमा पु¥याउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर