खबर पूर्वाञ्चल
प्रदेश १ का विभिन्न विद्यालयहरुबाट यस वर्ष एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुको १२ वटा टिमको सहभागिता रहने बास्केटबल प्रगियोगिता एभरेष्ट कलेजकोे सुविधा सम्पन्न बास्केटबल कोर्टमा आयोजना हुने छ । विराटनगर बास्केटबलको आयोजनामा हुने प्रतियोगिताको मुख्य प्रायोजक एभरेष्ट कलेज रहेको छ ।
प्रदेश १ कै ठूलो पुरस्कार राशि राखिएको बास्केटबल प्रगियोगिताको विजेता टिमले नगद ५० हजार, उपविजेताले ३० हजार र तृतिय हुने टिमले २० हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन । प्रदेश १ मा बास्केटबल खेलको विकास तथा प्रवर्धन गर्ने उदेश्यका साथ ठूलो पुरस्कार राशिका साथ यो प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा पनि निरन्तरता दिईने कलेजका प्राचार्य टिकाराम पुरीले बताए । यस्तै २४ गते नै एसईई दिएर बसेका विद्यार्थीहरुविच पौडी प्रतियोगिता आयोजना गरिने भएकोे छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमश ७ हजार, ५ हजार र ३ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पुरस्कारका अतिरिक्त विजेता खेलाडिहरुले एभरेष्टमै अध्ययन गर्न चाहेमा कलेजले उनीहरुलाई विशेष छात्रवृत्ति समेत प्रदान गर्ने एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख नारायण कडरियाले बताए। पौडी प्रतियोगिता भने एभरेष्ट कलेजले नै आयोजना गरेको हो ।
तपाईको प्रतिक्रिया