खबर पूर्वाञ्चल
विराटनगर–२ तीनपैनी निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा आज बिहान १ बजेतिर सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएकी महिलाको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई शनिबार रातिनै थप उपचारका लागि धरान लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । पाँच दिनदेखि न्युरोमा उपचाररत उनको स्वाब परिक्षण गर्दा कोरोना देखिएपछि धरान लगिएको थियो ।
मृतक महिलालाई फोक्सो, मुटुु र थाइरोइडको पनि समस्या रहेको डा. सापकोटाले बताए । त्यस्तै उनको दिल्लीबाट मुटुको उपचार हुँदै आएको बताइएको छ ।
कोरोना संक्रमित मृत्यु पनि प्रदेश १ मा पहिलो महिला हुन् । विराटनगरमा यसअघि ६ जनाको कारोनाको कारण मृत्यु भएको छ । विराटनगर ९ मा २ जना, विराटनगर ३, ५, १० र १५ मा १/१ जनाको मृत्यु भइसकेको छ ।