खबर पूर्वाञ्चल
कक्षा ११ मा भर्ना हुनु भन्दा अघि प्रवेश परीक्षाका रुपमा लिइने यो परीक्षा कोभिड – १९का कारण यतिबेला लिनु परेको प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । प्रत्येक वर्ष करीव १६०० विद्यार्थीले मेरील्याण्डमा प्रवेश परीक्षा दिने र ८५० ले भर्ना पाउने गरेका छन् । यो वर्ष छात्रवृत्ति परीक्षामा सहभागी हुनेको सङ्ख्या ८६१ रहेको छ । छात्रवृत्ति परीक्षामा उत्कृष्ट हुने १०० भन्दा बढी विद्यार्थीले १५ हजारदेखि शत प्रतिशतसम्म ट्युसन शुल्क प्राप्त गर्ने प्रिन्सिपल ढकालले बताए । यो सुविधाको ३० लाखभन्दा बढी हुने कलेजले जनाएको छ ।
यो वर्षको परीक्षामा छात्रतर्फ शिभम यादव र छात्रातर्फ आशा साहले सर्वोत्कृष्ट स्थान प्राप्त गरी ट्युसन शुल्कमा शत प्रतिशत छात्रवृत्ति प्राप्त गरेको कुरा कलेज जनाएको छ । मेरिल्याण्ड व्यवस्थापन शिक्षामा प्रदेश – १ तथा देशभरमै कहलिएको शैक्षिक संस्थाको नामले चिनिन्छ ।
मेरिल्याण्डबाट पास भएका विद्यार्थीहरु विभिन्न बैंकिङ्ग, सरकारी तथा गैरसरकारी संस्था साथै विदेशमा पनि राम्रो गरिरहेको प्रिन्सीपल ढकाल बताउँछन् । स्मरण रहोस् मेरिल्याण्ड देश भरीका शैक्षिक संस्था मध्ये सधै उत्कृष्ट दशमा पर्ने गरेको छ ।
तपाईको प्रतिक्रिया