RUMPUM
animated ellipse animated ellipse

जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले सुनसरीमा आठ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ कार्तिक २०८३, सोमबार ०८:३४
3
Shares
विराटनगर / सुनसरीको इटहरीस्थित एक होटेलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुक तास बरामद गरेको हो ।

इटहरी उपमहानगरपालिका–४ स्थित द स्टंन होटेलमा आइतबार साँझमा जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय इटहरी र वडा प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।

प्रहरीले तासको खालबाट नगद र ताससहित आठ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखेको जनाएको छ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय मोहन घिमिरे र ३९ वर्षीय युवराज मगर रहेका छन्। त्यस्तै, इटहरी–८ का ४२ वर्षीय मनोज राई र ५२ वर्षीय ईश्वर कार्की पक्राउ परेका छन्।

यसैगरी, इटहरी–४ का ४० वर्षीय टीकाराम गेलाल, ४० वर्षीय जीवन अधिकारी, ४३ वर्षीय दुर्गाप्रसाद थापा र ४२ वर्षीय खगेन्द्र लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर