खबर पूर्वाञ्चल
जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रहेको चार वटा इलाका प्रहरी कार्यालयमा रहेका प्रहरीलाई संघले मास्क, सेनिटाइजर र पन्जा वितरण गरेको हो ।
संघले इलाका प्रहरी कार्यालय पथरीमा सेनिटाइजर, माक्स र पन्जा वितरण गरेको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वास्थ्य सामाग्री इप्रका पथरीका प्रमुख डिएसपी दिलिप गिरीलाई हस्तान्तरण गरे । संघले हस्तान्तरण गरिएको सामाग्री डियुटिमा खटिने प्रहरीलाई वितरण गरिने डिएसपी गिरीले बताए । यस अघि इप्रका बेलबारी, रङ्गेली, उर्लाबारी प्रहरी प्रमुखहरू भेटेर सेनिटाइजर, माक्स र पन्जा वितरण गरिसकेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । संघका अध्यक्ष तिम्सिनाको नेतृत्वमा पदाधिकारीहरूले स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।
पथरीमा वितरण गरिएको कार्यक्रममा संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, सचिव हरिराज रेग्मी, सहकोषाध्यक्ष पुष्पराज पोखरेल, सदस्य प्रकाश धिमाल र पथरीका औषधी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
सुरक्षामा खटिने प्रहरी युनिटलाई संघले १० लिटर सेनिटाइजर, मेडिकल मास्क र पन्जा बितरण गर्दै आएको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरानो भाइरसबाट बच्न जनताको सुरक्षामा खटिने प्रहरीलाई संघले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर समाजिक कार्य अनुरूप स्वास्थ्य सामाग्री प्रदान गरिएको अध्यक्ष तिम्सिनाले बताए ।
संघले यसअघि पनि विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री प्रदान गरिसकेको छ । केही दिन अगाडी संघले उर्लाबारी नगरपालिका– ७ स्थित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरेको थियो । यस्तै बुढीगंगा गाउँपालिका र विराटनगरमा रहेको विराटेश्वर वृद्धाआश्रम रहेका जेष्ठ नागरिकहरूलाई दिर्घरोगका औषधी, भिटामिन, स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरिसकेको उपाध्यक्ष ढकालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया