animated ellipse animated ellipse

सरकार नीजी क्षेत्र मैत्री रहेको छ – अर्थमन्त्री डा. महत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०८०, मंगलवार ०८:१८
216
Shares
विराटनगर /  अर्थमन्त्री डा. प्रकाश शरण महतले विद्युत प्राधिकरण र उद्योगीहरु वीचको विद्युतको डेडिकेटेड लाइनका सम्बन्धमा रहेको अन्यौल चाँडै समाधान हुने बताएका छन् ।
मोरङ व्यापार संघले विराटनगरमा सञ्चालित ११ दिने मोरङ व्यापार संघ एक्स्पो–२०२३ को समापन समारोहमा अर्थमन्त्री डा. महतले सो कुरा बताएका हुन् । उनले सरकार नीजी क्षेत्र मैत्री रहेकोले सम्झौता भएको छ कि छैैन सबै यथार्थको आधारमा प्राधिकारण र उद्योगीवीच रहेको समस्या समाधान गर्न सम्वन्धित स्थानमा आवाज उठाउने बताए ।
अर्थमन्त्री डा.महतले सरकारले विदेशी सहयोगलाई पुनः संरचना गर्ने नीति लिएको बताँउदै  अत्यावश्यक एवं प्रतिफल दिने क्षेत्रमा मात्र विदेशी सहयोग र ऋण लिने जानकारी दिए । उनले  आगामी बैशाखमा सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन मुख्य चार क्षेत्र जलविद्युत, सूचना प्रविधि , पर्यटन  र कृषि क्षेत्रको आधुनिकीकरण गर्ने नीति लिएको बताए ।
अर्थमन्त्री डा. महतले निजीकरण समितिको चाँडै बस्ने वैठकले मुलुकमा बन्द भएका उद्योगहरुलाई निजी क्षेत्रलाई संलग्न गराएर जमीन चै राज्यको रहने गरी  सञ्चालन गर्ने  जानकारी दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मुलुकको आर्थिक चलायमन गराउन बैंकले उद्योग प्रवद्र्धनमा सहयोग गर्नुपर्ने सुझाव दिए ।
संघका अध्यक्ष नविन रिजाल र पूर्व अध्यक्ष प्रकाश मुन्दडा र  नेपाल उद्योग परिसंघ प्रदेश अध्यक्ष  पवन सारडाले उद्यमीहरुका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्न आग्रह गरे ।
 एक्स्पो यही पुस ६ गतेदेखि विराटनगर–२ मुनालपथमा सञ्चालन भएको थियो । समापन भइरहँदा आयोजकसँग अन्तिम विवरण आएको छैन तर करिव १० करोडभन्दा बढीको कारोबार भएको आयोजकको दावी छ । एक्सपोमा करिव ३ लाख भन्दा बढीले अवलोकन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर