AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०८१, शुक्रबार १७:३६
63
Shares
विराटनगर / मोरङको विराटनगर महानगरपालिका ४ बरगाछीमा अवस्थित हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुने भएका छन् ।

संघीय राजधानी काठमाडौंमा आयोजना हुने ग्लोबल म्याथ डिबेट लिगमा सहभागी हुन हेरिटेजमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरू त्यसतर्फ जाँदै छन् ।

उनीहरूलाई आज स्कुलका प्रिन्सिपल सुशान्त बानियाँ र शिक्षक शिक्षिकाहरूले खादा अविर लगाएर जितको कामनासहित बिदाइ गरे ।

बिदाइ कार्यक्रममा बोल्दै प्रिन्सिपल बानियाँले विद्यार्थीहरूलाई नतिजा हार जित जस्तो भए पनि उच्च मनोबलका साथ सहभागिता जनाउन आग्रह गरे ।

कक्षा ७ का आरोन खतिवडा, कक्षा ७ का प्रज्ञान राठी र कक्षा ८ का इशान्त चाम्लागाई सम्मिलित विद्यालयको बेटा (कक्षा ७ र ८) टोलीले लिगमा सहभागिता जनाउने छ ।

यो गणित बहस लिग विभिन्न आठ देशमा आयोजना हुँदै छ । यस राष्ट्रिय राउन्डले नेपालबाहिर हुने ग्लोबल म्याथ डिबेट लिगमा देशको प्रतिनिधित्व गर्न नेपालबाट टोली छनोट गर्ने छ ।

१ सय भन्दा बढी विद्यालयहरू र एक हजार टोलीहरूबीच स्क्रिनिङ र क्षेत्रीय राउन्डपछि छनोट गरी नेपालभरबाट उत्कृष्ट २० टोलीबीच फाइनल डिबेट राउण्ड माघ १३ आइतबार काठमाडौँमा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर