AArya
RUMPUM
animated ellipse animated ellipse

प्रतिनिधिहरूलाई घर पठाएर नेकपा एसले टिके प्रथाबाट बनायो अध्यक्ष चन्द्रवीर राईलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ चैत्र २०८१, सोमबार १४:५६
333
Shares
विराटनगर / प्रतिनिधिहरूलाई घर पठाएर आफै नेतृत्व छान्न जुटेका नेकपा एकीकृत समाजवादीका नेताहरूले आइतबार मोरङ जिल्ला कमिटीको नाम घोषणा गरेका छन् ।

अध्यक्षका आकांक्षी प्रतिनिधिलाई घर पठाएर एकीकृत समाजवादी पार्टीका नेताले विराटनगरस्थित पार्टी कार्यालयमा टिके प्रथाबाट मोरङको नेतृत्व घोषणा गरेको हो । एसले नेता छान्नका लागि निर्वाचनलाई निषेध गरेको थियो ।

मंगलबारदेखि सुरु भएको अधिवेशनको छैटौं दिन टिके प्रथाबाट जिल्ला अध्यक्षमा चन्द्रवीर राईलाई छानेको हो । चन्द्रवीर राई पुनः अध्यक्षमा दोहोरिएका हुन् । पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि एसको केन्द्रका नेताहरु पार्टी कार्यालयमा बसेर पदाधिकारी छानेका थिए । उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव बलदेव चौधरीलगायतका नेताले पार्टी कार्यालयमा बसेर पदाधिकारी छानेका हुन् ।

अध्यक्षका दाबेदार रहेका डा. उद्धव पोखरेललाई उपाध्यक्ष बनाउने अध्यक्ष मण्डलको प्रस्ताव पोखरेलले अस्वीकार गरेपछि उनको नाममा टिपेक्स लगाएर नयाँ जिल्ला कमिटी घोषणा भएको हो । यसअघि पनि जिल्ला कमिटी उपाध्यक्ष रहेका डा. पोखरेलले अध्यक्षमा दाबी गरेका थिए ।

त्यस्तै अध्यक्षमै दाबी गरेका दीपक ढकाल उपाध्यक्ष बनेका छन् भने अर्को उपाध्यक्ष पद खाली छ । सचिवमा तुलसी ढकाललाई चयन गरिएको छ । भूपाल बस्नेत, ढकबहादुर राई र सुभद्रा राईलाई उपसचिव बनाइएको छ । पदाधिकारी सरह नै रहने गरी प्रेम भारतीलाई कार्यालय सचिव बनाइएको छ । आर्थिक विभाग प्रमुखमा भने चन्द्रा शर्मा पराजुली चयन भएकी छिन् । जिल्ला अधिवेशनले ९१ सदस्य निर्वाचित गर्नुपर्ने थियो ।

७७ सदस्य मात्रै चयन गरेको छ । १ पदाधिकारीसहित १४ जना भने जिल्ला कमिटी बैठकले छनोट गर्नेछ । केन्द्रीय नेताहरूले चाहेका व्यक्तिलाई जिल्ला नेतृत्वमा ल्याउनकै लागि ६ दिन लामो समय लगाएर आफूखुसी नाम घोषणा भएको कार्यकर्ताहरू बताउँछन् । तर, नेताहरू भने सहमतिमा नेतृत्व चयन भएको दाबी गरिरहेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले चैत १९ मा विराटनगरमा उद्घाटन गरेको एमालेबाट फुटेर बनेका एकीकृत समाजवादीको नवौं जिल्ला अधिवेशन दुई दिनसम्म चल्ने कार्यक्रम थियो । तर, नेताले चाहेकै व्यक्तिलाई नेतृत्वमा पुर्याउन ६ दिन लागेको कार्यकर्ताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर