इसाई समाजद्वारा पाँच लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

खबर पूर्वाञ्चल, १६ जेष्ठ २०७८, आईतवार १५:२०

विराटनगर /इसाई समाज विराटनगरले एफजिटी चर्च नेपालको आर्थिक सहयोगमा कोशी अस्पताल विराटनगरलाई कोभिडसँग लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको छ ।

अस्पताल परिसरमा हस्तान्तरण कार्यक्रम आयोजना गरि समाजले आज लेबल २ को कम्प्लिट पीपीइ सेट २०० थान, १०० मिलिलिटरको स्यानिटाइजर ५०० बोतल, सर्जिकल मास्क १६ हजार २०० थान, एक्जामिनेसन ग्लोब्स ४ हजार २०० थान लगायत कुल ५ लाख २५ हजार बराबरको स्वास्थ्य सामाग्रीहरू अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सहयोगी चर्चका पास्टर युवराज प्रधानले देशलाई खाँचो परेको बेला कोही चुप लागेर बस्न नसक्ने भन्दै आफ्नो चर्च समूहले चर्चमा संकलन भएको भेटी रकमहरू यतिखेर महामारीको सामना गर्नका लागि खर्च गरेको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद भट्टराईले इसाई समुदायद्वारा गरिएको यो ठूलो सहायताले केही समयका लागि पीपीइको खाँचो पूरा भएको बताउँदै अक्सिजन सिलिण्डरको भने अझै अभाव रहेको जानकारी दिए ।

हस्तान्तरण कार्यक्रमका प्रदेश १ नेपाली कांगेसका सचेतक केदार कार्कीले स–साना सामाग्रीहरू हस्तान्तरण गरि फोटो खिच्ने होडबाजी चलिरहेको बेला इसाई समाज विराटनगरले भने अस्पतालसँग समन्वय गरि खाँचो परेको सामान नै उपलब्ध गराएर महत्वपूर्ण कार्य गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५