AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उपचारकै क्रममा मोरङ कारागारका एक जना कैदीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०८२, बिहीबार ०८:०८
36
Shares
विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको छ ।

कारागारमा सजाय भुक्तान गरिरहेका मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको उपचारकै क्रममा मृत्यु भएको हो । कारागार प्रशासक गौरव ढुंगेलका अनुसार अचानक श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि तामाङलाई उपचारका लागि मंगलबार राति १० बजेतिर विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार राति १०ः४६ बजेतिर मृत्यु भएको जानकारी ढुंगेलले दिए । उनका अनुसार स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेका तामाङले यस अघिदेखि नै नियमित औषधि सेवन गरिरहेका थिए ।

तामाङ लागुऔषध मुद्दाका कैदी हुन् । उनलाई जिल्ला अदालत मोरङले २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेका उनको अचानक मृत्यु भएको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदै गर्दा कैदीको मृत्यु भएको ढुंगेलले बताए ।

अदालतको आदेशबाट तामाङलाई २०८१ असोज १६ गते कारागार चलान गरिएको थियो । उनी सजाय भुक्तान सकेर २०८३ साल माघ २७ गते छुट्ने थिए । तर, सजाय भुक्तान पूरा नभइकन ज्यान गएको छ ।

कारागार प्रशासक ढुंगेलले तामाङको मृत्युको जानकारी पाउनसाथ आफन्त र परिवारका सदस्य सम्पर्कमा आइसकेको बताए । ‘स्वास्थ्य निक्कै जटिल रहेकाले बिहीबार काठमाडौं लैजाने तयारी थियो । तर, त्यसअघि नै मृत्यु भयो,’ उनले भने ।

जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय ७५ जना कैदीबन्दी छन् । तीमध्ये महिला १ सय २ जना रहेको कारागारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर