AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

१ सय ६५ केजी गाँजा सहित एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ जेष्ठ २०७८, सोमबार १५:३७
612
Shares
सुनसरी / सुनसरी कोशी गाउँपालिका ८ भाण्टाबारी स्थित पूर्व–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय गणेश यादव रहेका छन् । यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर