खबर पूर्वाञ्चल
विराटनगर जुटमिलको खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा विराटनगर १६ नम्बर वडालाई २–० गोलले हराउँदै विराटनगर १२ फाइनलमा पुगेको हो । जितसँगै विराटनगर १२ ले शनिबार हुने फाइनलमा विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।
जितको लागि विराटनगर १२ का सन्जिव लिम्बुले दुई गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई १ हजार १ सय रुपैयाँ पुरस्कार राष्ट्रिय खेलाडी श्यामल सुब्बाले वितरण गरे ।
विराटनगर १५ नम्बर वडाको आयोजना र मिल्स भेट्रान्स क्लब रानी विराटनगरको संयोजनमा भएको प्रतियोगितामा विराटनगरका ८ वटा टिमको सहभागि रहेको थियो ।।
तपाईको प्रतिक्रिया