खबर पूर्वाञ्चल


आइतबार राती वर्षा भएपछि खेल २६ ओभरमा खेलाइएको थियो । वागमतीले दिएको ९७ रनको सामान्य लक्ष्य आर्मीले १७ दशमलव ३ बलमा ५ विकेट गुमाई भेट्टाएको थियो । आर्मीको जितमा निश्चल क्षेत्रीले ४६ रनको योगदान दिँदा हिमाञ्सु दत्तले १८ रनको योगदान दिए । वागमतीका दयानन्द मण्डलले २ विकेट लिँदा तिलकराज भण्डारी र आदिल खानले १–१ विकेट दिए ।
यस अघि टस हारेर ब्याटिङ गरेको वागमतीले २४ दशमलव ३ बलमा सवै विकेट गुमाई ९६ रनको सामान्य योगफल खडा गरेको थियो । वागमतीका कप्तान सिचिन लेखकले २४ रन बनाउँदा प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन ुकेनन् । आर्मीका प्लेयर अफ म्याच नरेन राउदले ६ ओभरमा २७ रन दिएर ५ विकेट लिँदा दुर्गेश गुप्ताले २ विकेट लिए ।
मंगलबार समुह वि को पहिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लव विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।