खबर पूर्वाञ्चल
अनौपचारिक क्षेत्र सेवा केन्द इन्सेक प्रदेश १ ले गत पुस १७ देखि असार १५ गतेसम्म प्रदेशमा सो संख्यामा मानव अधिकार उल्लघनको घटना भएको जानकारी गराएको हो ।
इन्सेकले सार्वजनिक गरेको अभिलेख अनुसार ६ महिनामा सबैभन्दा बढी बलत्कारको घटना रहेको छ । १४ जिल्ला रहेको प्रदेशमा १ सय ५ वटा बलत्कारको घटना भएको छ ।
प्रदेशमा १६ वटा हत्याको घटना भएको छ । जसमा ११ जना महिला र ५ जना पुरूषको हत्या भएको इन्सेकको तथ्यांकमा देखिन्छ । यस्तै २१ वटा कुटपिटको घटना भएको छ । जसमा १४ महिला र ६ जना पुरुष कुटिएका छन् । यसैगरि यौन दुव्र्यवहारको ४१, धम्की २, यातना २, बालबिवाहको ५ वटा घटना भएको छ । ६ महिनामा मोरङमा घरेलु हिंसामा १५ जना महिला पीडित भएको जिल्ला प्रतिनिधि नेत्र पी अधिकारीले जानकारी दिए ।
इन्सेककले आयोजना गरेको मानवअधिकारको अवस्था विषय मिडिया साझेदारी कार्यक्रममा बोल्दै इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले मानव अधिकार रक्षाको लागि सबै एकजुट हुनुपर्ने बताए । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङका अध्यक्ष संन्जिव खनाललगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया