AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उद्योगपति घिमिरेद्वारा आइसोलेसन सेन्टरहरुलाई अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ जेष्ठ २०७८, मंगलवार १८:०७
576
Shares
इटहरी / इटहरीमा रहेको कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई एस जी अर्गनाइजेसनले अक्सिजनसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गएको छ ।

अर्गनाइजेसनका अध्यक्ष, उद्योगी शिव घिमिरेले स्वास्थ्य सामग्रीहरु आइसोलेसनलाई हस्तान्तरण गरेका हुन् । आफूले सामाजिक उत्तरदायीत्व वहन गर्नका लागि अक्सिजनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए । उनले ११ थान अक्सिजन ग्याँस, अक्सिमिटर, ब्याज ५० थान, सर्जीकल मास्क पाँच सय थान, अक्सिजन मास्क दुई हजार पाँच सय थान,साथै रेगुलेटरसहितका अन्य स्वास्थ सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

आइसोलेसन व्यवस्थापन समितिका संयोजक तथा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेललाई सो सामाग्री हस्तान्तरण गरिएको थियो । आइसोलेसनमा २६ जना कोरोना संक्रमित भर्ना भएको पौडेलले बताए । उवासंघसहित प्रेस युनियन सुनसरी, मारवाडी सेवा समिति इटहरी, नेपाल युवा उद्यमी मञ्च, श्री कृष्ण प्रणामी मन्दिरसहितका संस्थाहरुको समन्वयमा आइसोलेसन सञ्चालनमा आएसँगै यहाँका नागरिकहरुले सेवा लिइरहेका छन् ।

यसै विच सोही अग्रनाइजेसनले इटहरी उपमहानगर पालिका कार्यलयलार्इ समेत सोहि परिमाणको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । इटहरी उपमहानगर पालिकाले इटहरी स्थित रंगशालामा संचालन गरेको आइसोलसनका लागि इटहरीका प्रमुख द्वारिकलाल चौधरीलाई अर्गनाइजेसनका अध्यक्ष घिमिरेले अक्सिजन सहितका सामग्री हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर