animated ellipse animated ellipse

मोरङमा चैत २० देखि हात्तिपाइलेको औषधी खुवाइदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७७, बुधबार १४:२२
216
Shares
विराटनगर/ मोरङमा ९ औं चरणको हात्तिपाइले विरूद्धको औषधी आउँदो चैत २० गतेदेखि खुवाइने भएको छ । विराटनगर महानगरपालिकासहित १७ वटा स्थानिय तह रहेको मोरङमा ९ लाख २४ हजार ५ सय ६२ जनालाई हात्तिपाइले विरूद्धको औषधी खुवाइने लक्ष्य रहेको छ ।

स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आज पत्रकार सम्मेलन गरि मोरङमा हात्तिपाइलेको औषधि खुवाइने अभियान अन्तिम चरणपमा पुगेको जानकारी गराएको हो । जनगणना अनुसार मोरङमा १० लाख ८७ हजार ७ सय ७२ जनसंख्या मध्ये १३ प्रतिशत हात्तिपाइलेको रोगी रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेशकुमार मेहताले जानकारी दिए । मोरङको सुनवर्षी र रंगेली नगरपालिका भित्रको गाउँमा १ सय २० जना हात्तिपाइले रोगीका विरामी रहेका स्वास्थ्य कार्यलय मोरङले जनाएको छ । ‘त्यही भएर मोरङमा ९ औं पटक हात्तिपाइले विरूद्धको औषधी खुवाइने अभियान सुरू भएको हो,’ स्वास्थ्य प्रमुख डा. मेहताले भने, ‘यस अघि मोरङमा आठौं पटक हात्तिपाइले विरूद्धको औषधी खुवाइ सकेको छ ।’ गत वर्ष मोरङमा ६६ प्रतिशतले हातिपाइले विरूद्धको औषधी सेवन गरेको स्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ ।

स्वास्थ्य कार्यालयका अनुसार गाउँमा भन्दा पनि शहरी क्षेत्रका मानिसले हात्तिपाइले विरूद्धको औषधी कम सेवन गर्ने गरेको पाइएको छ । ‘आम औषधी सेवन बारे गलत धारणाको कारणले शहरी क्षेत्रका मानिसले लक्ष्य भन्दा कम संख्यामा औषधी सेवन गरेको पाइएको छ,’ डा. मेहताले भने, ‘यस पटक खुवाइने औषधी प्रभावकारी बनाएर अगाडी बढने लक्ष्य रहेको छ ।’ मोरङको एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा एकै पटक हात्तिपाइले विरुद्धको अभियान सुरू कार्यालयले जनाएको छ । ‘जिल्लाभरीमा २० चैतदेखि हात्तिपाइले विरूद्धको औषधी खुवाइने अभियानको शुभराम्भ हुनेछ,’ स्वास्थ्य कार्यालय प्रमुख मेहताले भने, ‘औषधी खुवाउने केन्द्र स्थानिय तहले तोक्नेछ ।’ यस पटक ५ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालान हुने बताइएको छ । कार्यालयले चैत मसान्तसम्मा लक्ष्य अनुसार औषधी खुवाइसक्ने योजना बनाएको छ । यस पटकको कार्यक्रम लक्ष्य लिएको हरेक व्यक्तिले औषधी नखाएसम्म अभियान निरन्तर संचालन हुने स्वास्थ्य प्रमुख मेहताले जानकारी दिए ।

देशभरीमा ६३ वटा जिल्लाका २ करोड ५० लाख मानिस हात्तिपाइले रोगको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश १ को झापा मोरङ र धनकुटामा हात्तिपाइले विरूद्धको औषधी खुवाउने अभियान सुरू छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर