खबर पूर्वाञ्चल
गरिबी रहित नेपालको लक्ष्य लिई स्थापना भएको मोरङको कटहरीस्थित केन्द्रीय कार्यालय रहेको जीवन विकास समाजले ५ करोडको अक्षयकोष स्थापना गरेको हो । गुणस्तरीय शिक्षाको क्षेत्रमा उल्लेख्य कार्य गरेबापत समाजले एक अन्तराष्ट्रिय संस्थाबाट ३ लाख रुँपैया बराबरको डलर पुरस्कार राशी बराबरको रकम थप गरि समाजले ५ करोडको अक्षयकोष स्थापना गरेको समाजले आज पत्रकार सम्मेनल गरि अक्षयकोष बारे जानकारी दिएको छ ।
कोषबाट दिगो विकासका क्षेत्रमा महत्वपुर्ण योगदान र्पुयाउने गैह्र–सरकारी संस्था, शैक्षिक संस्था र पत्रकारलाई यसै बर्षदेखि बार्षिक १० लाख बराबरको ‘‘दिगो विकासका लागी जीवन विकास पुरस्कार २०७७’’ प्रदान गर्ने घोषणा समेत गरेको छ । जसमा पहिलो, दोश्रो र तेश्रो विधा गरि क्रमशः गैह्र सरकारी संस्थालाई ५ लाख, सामुदायिक पुस्तकालय तथा विकास केन्द्रलाई ३ लाख र गुणस्तरीय शिक्षाको प्रर्वद्धनमा योगदान र्पुयाउने पत्रकारलाई २ लाखको नगद पुरस्कार प्रदान गरिने संस्थाका कार्यकारी निर्देशक योगेन्द्र मण्डलले बताए ।
पुरस्कारको व्यवस्थापनका लागी काठमाण्डौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव श्रोत विकास केन्द्रका प्रतिनिधि सम्मिलित ७ सदस्यीय निर्देशक समिति गठन गरिएको छ ।
समितिले दिगो विकासको १७ वटा लक्ष्यहरु अन्तगर्तको ‘गुणस्तरीय शिक्षा’ को क्षेत्रमा योगदान पुर्याउने सरकारी तथा गैह्र सरकारी संस्था र पत्रकारहरुलाई चैत्र २५ गतेभित्र आवेदन पेश गर्न प्रथम पटक माघ २१ र दोश्रो पटक फागुन २५ मा सुचना समेत जारी गरिसकेको छ ।
समितिले पुरस्कारको आवेदकको हकमा व्यक्तिगत क्षमता तथा संलग्नता, दुरदृष्टि तथा रणनितिक योजना, राष्ट्रिय दायित्व बोध र भौतिक तथा संस्थागत उपलब्धिलगायतका बिषयलाई मुल्याङ्कनको आधार बनाएको नेपाल सरकारका पूर्व सचिव मानम मिश्रले जानकारी दिए ।
तपाईको प्रतिक्रिया