AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मदिरा सेवन गरि छोराले गरे आमाको हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०७७, सोमबार १३:१६
819
Shares
दमक / झापाको कमल गाँऊपालिका ७ बाह्रघरेका एक युवाले बन्चरो प्रहार गरि आफ्नै आमाको हत्या गरेका छन् ।

आईतवार राती ८ बजे मादक पदार्थ सेवन गरी २४ बर्षीय दिनेश ऋषिदेवले ५० बर्षीया आमा मिरा ऋषिदेवलाई धारिलो हतियार बन्चरोले शरिरका विभिन्न भागमा अन्धाधुन्द प्रहार गरी हत्या गरेका हुन् ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । छोरा दिनेशलाई पक्राउ गरि घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर