RUMPUM
animated ellipse animated ellipse

क्यान्सर पीडित साहको उपचारमा सहयोगको याचना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०८०, मंगलवार १८:३६
252
Shares
विराटनगर / बायाँ खुट्टमा क्यान्सर भएका एक जना क्यान्सर पीडित विरामीले उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । सुनसरीको दुहबी नगरपालिका – १० का २० वर्षीय नरेशकुमार साहका परिवारले उपचारको लागि सहयोगको याचना गरेका हुन् ।

साहको बाँया खुट्टाको घुडामा क्यान्सर भएको छ । क्यान्सर भएपछि उनको उपचार भरतपुर क्यान्सर अस्पतालमा भइरहेको छ । उपचार गर्दा उनको परिवारको ८ लाख रुपैयाँ सकिएको छ । खुट्टाको शल्यक्रिया गर्न थप आठ लाख रुपैयाँ लाग्ने अस्पतालले बताएको छ ।

आर्थिक विपन्न परिवारका साह परिवारसँग भएको पैसाँ छोराको उपचारमा सकिएपछि थप उपचारको लागि आर्थिक अभाव भएको बावु विरेन्द्रकुमार साहले बताए । ‘छोराको उपचारमा ८ लाख रुपैयाँ सकियो । दुई कठ्ठा खेतीयोग्य जमिन बेचे । त्यसले नपुगेपछि आफन्त र छरछिमेकसँग ऋणपान गरेर आफुले भ्याएसम्म उपचार गरे । अब शल्यक्रिया गरिनुपर्ने चिकित्सकले सुझाब दिएका छन् । त्यसको लागि थप आठ लाख रुपैयाँ लाग्ने अस्पतालले भनेको छ,’ बावु विरेन्द्रले भने, ‘अहिलेसम्म ६ लाख रुपैयाँ सहयोग प्राप्त भयो । मनकारी व्यक्ति र संघसंस्थाहरुबाट सहयोग पनि जुटयो । अब दुई लाख रुपैयाँ जम्मा गर्न सकिए छोराको शल्यक्रिया हुने थियो ।’ थप दुई लाख रुपैयाँ अभावको कारणले अहिले छोराको उपचार हुन रोकिएको उनले सुनाए । छोराको सहयोगको लागि उनले अपिल गरेका छन् । उनको सम्र्पक नम्बर ९८११०३८०३४ रहेको छ । प्राइम बैंकको ०४२०१००००००३१२१०१६३७ खाता नम्बर रहेको छ ।

तेली समाजद्धारा ५१ ह्जार सहयोग
तेली कल्याण समाजले क्यान्सर पीडित नरेश कुमार साहलाई आर्थिक सहयोग गरेको छ । समाजले आज ५१ ह्जार रुपैयाँ नगद सहयोग गरेको हो । ५१ ह्जार मध्ये २१ ह्जार रुपैयाँ तेली कल्याण समाज विराटनगर १२ ले सहयोग गरेको थियो ।

नरेशकुमार साहका वावु विरेन्द्रलाई तेली कल्याण समाजका मोरङका अध्यक्ष डा. बालकृष्ण साह, कोषाध्यक्ष रोहितकुमार साह, विराटनगर महानगर अध्यक्ष सञ्जय साहको उपस्थिति आर्थिक सहयोग गरेका छन् ।गत असारमा साहको खुट्टामा क्यान्सर भएको पत्ता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर