विराटनगरमा बकरिद चाड हर्षोउल्लासका साथ मनाइयो

खबर पूर्वाञ्चल, २६ असार २०७९, आईतवार १२:३५
261
Shares

विराटनगर / इस्लाम धर्मावलम्वीहरुले मनाउने दोस्रो ठूलो चाड बकरिद(ईद उल अजहा) आज विराटनगरमाँ हर्षोउल्लासका साथ मनाइएको छ ।

आज विहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) समेत गरिएको छ । इस्लाम धर्मावलम्बीहरूको महान चाड बकर ईद रमजान पर्वको ७० औं दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत् अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्व समेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बीहरू बिहानै नुहाइ–धुवाइ गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्रधारण गर्छन् । यसरी शुद्ध भइसकेपछि मस्जिद वा इदगाहामा पुगेर नमाज पढ्ने प्रचलन यो समुदायमा रही आएको छ ।

मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् । आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको छ । यो पर्वका बेला हैसियत हुने मुस्लिमहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा मुस्लिम समुदायले आफ्नो घरमा जनावरको कुर्बानी( बलि) दिने गर्देछन भने उक्त कुर्बानीको मासु तीन भाग लगाइन्छ भने एक भाग आफ्नो परिवार , एक भाग छिमेकी, इष्टमित्र र एक भाग गरीव तथा दिनदुःखीलाई बाँड्ने गरिन्छ । सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ ।

यस पर्वको उपलक्ष्यमा मुस्लिम समुदायहरुले आफन्तजनहरुसँग एकआपसमा अँगालो हाली शुभकामना आदान प्रदान गर्ने प्रचलन रहेको छ । यसपर्वमा युवायुवती, केटाकेटीहरु विराटनगरको बजार तथा मलहरुमा किनमेल तथा चिसो पेय पदार्थ लगायत आइसक्रिय खान तथा घुम्नमा रमाइलो गरेका छन् ।

यसैबीच इस्लाम धर्मगुरुले कुर्बानी(बलि)को कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्चालमा नराख्न सबैलाई आग्रह गर्नु भएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५