AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अभियान्ता राहुल भट्टराईद्धारा विद्यार्थीलाई न्यानो कपडा र जुक्ता बितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७८, शुक्रबार १७:५५
396
Shares
विराटनगर / सामाजिक अभियान्ता राहुल भट्टराईले मोरङको ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई जाडोको न्यायो कपडा र जुक्ता बितरण गरेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका – १ स्थित श्री मावि होक्लाबारीमा अध्ययरत २ सय १० जना आर्थिक विपन्न विद्यार्थीहरूलाई जाडोको न्यायो स्वीटर र जुक्ता आज अभियान्ता भट्टराईले वितरण गरेका हुन् ।

अहिले सीतलहरसँगै जाडो बढेर बिपन्न परिवारका विद्यार्थीहरूलाई पठनपाठनमा कठिनाइ भएकोले जाडोमा न्यानो पार्ने कपडा र जुक्ता बितरण गरिएको सामाजिक युवा अभियान्ता राहुल भट्टराईले जानकारी दिए ।

विद्यार्थीहरूलाई कपडा र जुक्ता कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफले, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का, सामाजिक अभियान्ता भट्टराई, स्कूलका प्रधानध्यापक रामचन्द्र पण्डित, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रबहादुर बस्नेतलगायतले बितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले पछिल्लो समय सीतलहरसँगै जाडो बढदै गएकोले बितरण भएको न्यायो कपडा र जुक्ताले विद्यार्थीलाई ठुलो सहयोग पुग्ने बताए । उनले गाउँपालिकाले पनि विपन्न परिवारलाई जाडोमा कमल बितरण गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक पण्डितले विपन्न परिवारका सदस्यहरुलाई जाडोको न्यायो कपडा वितरणले ठुलो राहत पुगेको बताए । सहयोग गर्ने मनकारी युवा अभियान्तालाई विद्यालयको तर्फबाट प्रअ पण्डितले धन्यावाद व्यक्त गरे । उक्त सहयोग दीपक श्रीवास्तव, इशान्त मोरिया र निलेश डाँगाले पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर