AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्ति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ मंसिर २०८२, बुधबार १७:२०
396
Shares
विराटनगर / कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्ति गरिएको छ ।

आज बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रीपरिषद बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको‌ हो। निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिन्छन् ।

संघ र प्रदेश सरकारको विज्ञका रूपमा काम गरिरहेका निरौला उद्यम, व्यवसाय, तथा वित्तीय क्षेत्रमा विज्ञ मानिन्छन्। उनले संघीयतामा प्रदेश र स्थानीय तहको बिचमा कर क्षेत्र सुधारमा अध्ययन गरिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर