animated ellipse animated ellipse

शिक्षादीपका विद्यार्थीको लागि टेकस्पायर कलेजद्धारा ५० लाखको छात्रवृत्ती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ चैत्र २०८०, शुक्रबार १८:२३
90
Shares
विराटनगर / काठमाण्डौको आइटीको क्षेत्रमा चर्चित टेकस्पायर कलेजले विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि छावृत्ती प्रदान गरेको छ ।

टेकस्पायर कलेजले शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि आज ५० लाख बरावरको छात्रवृत्ती प्रदान गरेको हो ।

उक्त छात्रवृत्ती कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालाई टेकस्पायर कलेजका सिईओ स्मरण दवाडीले चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै शिक्षादीप कलेजका प्रिन्सिपल खड्काले यो छात्रवृत्ती विद्यार्थीहरुको लागि सुनौलो अवसर भएको बताए । कार्यक्रममा बोल्दै टेकस्पायर कलेजका सिइओ दवाडीले सिपमुलक शिक्षा अहिलेको आवश्कता भएको बताए । तेसैले आइटिको क्षेत्रमा टेकस्पायर कलेजले अध्ययन गराउँदै आएको उनले बताए ।

कलेजले प्रदान गरेको छात्रवृत्तीमा आर्थिक विपन्न, जेहन्दार, दलित, अपाङगता भएका विद्यार्थीहरुले उक्त छात्रवृत्तीमा टेकस्पायर कलेजमा अध्ययन गर्न पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर