एभरेष्ट कलेजमा प्रदेशस्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने

खबर पूर्वाञ्चल, १२ असार २०७९, आईतवार १७:५२
963
Shares

विराटनगर / प्रदेश १ स्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने भएको छ ।

विराटनगरस्थित एभरेष्ट कलेजमा बास्केटबल र पौडी प्रतियोगिता हुने भएको हो ।

कलेज परिसरमा आज पत्रकार सम्मेलन गरि असार १७ गते बास्केटबल र असार २४ गते पौडी प्रतियोगिता हुने जानकारी गराएको छ । बास्केटबलमा प्रदेशभरीका १२ वटा स्कुलले भाग लिने विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिए । उनका अनुसार विराटनगरको एभरेष्ट, बिकेभिएम, डानबक्सको, सगरमाथा स्कुलले भाग लिनेछन् यस्तै मोरङको सुुन्दरहरैचाको ब्राइट फियुचर, इटहरीको हिमशिखिर स्कुल, धरानको होलिल्याण्ड इन्टरनेशनल, चिल्डे«न एकाडेमी, नवज्योती स्कुलगायतले भाग लिनेछन् ।

बास्केटबलको बिजेताले नगद ५० हजार, उपबिजेताले ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रूपैयाँको साथै ट्रफि र मेडल प्राप्त गर्नेछन् । बास्केटबलको आयोजना विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको हो ।

यसैगरि असार २४ गते हुने पौडी प्रतियोगितामा प्रदेशभरीका विद्यालयहरुले भाग लिनेछन् । मोरङ पौडी संघको प्राविधिक संयोजन तथा एभरेष्ट कलेजको आयोजनामा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुन लागेको प्रशिक्षक इन्द्रजीत राजभण्डारीले जानकारी दिए । पौडी प्रतियोगितामा विभिन्न तीन वटा इभेन्टमा प्रतियोगिता हुनेछ । १ सय, २ सय र तीन सय मिटरको हुनेछ । प्रत्येक तीन विद्यामा विजेतामा हुने प्रतियोगिले १० हजार, द्धितीयले ७ हजार र तृतीयले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पौडी प्रतियोगितामा १ सय खेलाडीले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रयोजक एभरेष्ट कलेजले गरेको छ ।

बास्केटबल र पौडीमा विजेता हुने विद्यार्थीहरूले एभरेष्ट कलेजमा पूर्ण छात्रवृत्ती पाउने कलेज प्रमुख टिकाराम पुरीले जानकारी दिए । एईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरि यो प्रतियोगिता आयोजना गरिएको छ । खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले बास्केटबल र पौडी प्रतियोगिता आयोजना गरिएको कलेज प्रमुख पुरीले बताए । ‘अहिले एसईई दिएर बसेका विद्यार्थी खाली रहेका छन् । यही खाली रहेको समयको सदुपयोग र खेलकुद क्षेत्रको विकास गर्न यस्तो प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने । दुवै प्रतियोगिता एभरेष्ट कलेज परिसर भित्र हुनेछ । एभरेष्टमा राष्ट्रिय खेलकुद परिषदले तोकेको अनुसार स्वीमिङ पुल र बास्केटबल कोर्ट रहेको छ । दुवै प्रतियोगिता समापन गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने आयोजकले अपेक्षा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५