मोरङ–४ का जनताको घरदैलोमा पराजुली

खबर पूर्वाञ्चल, २९ कार्तिक २०७९, मंगलवार १६:१५
117
Shares
विराटनगर / मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ ।

क्षेत्रका विभिन्न पालिकाहरुमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवारहरु घरदैलो र कोणसभा कार्यक्रममा केन्द्रित भएका छन् । प्रदे्रश सभाका उम्मेदवार नेकाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले आफूहरु जनचाहना अनुरुप विकासलाई थप गति दिन आएको बताए । अझ गठवन्धनका युवाहरु भएका कारण क्षेत्रगतरुपमा पनि विकासको मुल फुट्ने उनिहरुको तर्क छ । गठवन्धन सरकार निर्माण सम्मनै अगाडि बढ्ने हुँदा यसको लाभ जनतामाझ आइपुग्ने उनको दावी छ ।

पराजुलीले आफूले विराटनगर महानगरपालिकाको मेयरको रुपमा काम गरेको अनभुव रहेकोले अब प्रदेशको विकासमा थप सशक्त भएर अघि बढ्ने बताए । एउटा सक्षम र सवल प्रदेश निर्माणमा पूर्ण रुपमा सक्रिय हुनका लागि म उम्मेदवार बनेको हुँ पराजुलीले भने, “संघीयता कार्यान्वयन र विकासका अवसरलाई तलसम्म लैजान पनि गठबन्धनको सरकार बन्नुपर्छ । विकासको अवसर तलसम्म लैजान बीचको सरकारको रुपमा स्थापित प्रदेशले धेरै काम गर्न सक्ने बताए । आफु जहिल्यै पनि इमान्दारीताको जगबाट काम गरिरहेको र राजनीतिलाई पेशा बनाउन नहुने धारणा ब्यक्त गरेका छन् । क्षेत्रगत विकास र समृद्धि मुख्य लक्ष्य राखेर अगाडि बढिरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५