खबर पूर्वाञ्चल
विधेयकको सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभा हलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् ।
विशेष परिस्थितिमा आएको यो बजेट जनताका घरदैलोसम्म पु¥याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘ प्रदेशमा १० वर्ष मुनिका बालबालिकाको उपचार बजेट पारित भएकै दिनदेखि निःशुल्क उपचार हुन्छ ।’
मुख्यमन्त्री कार्कीले सांस्कृति एकता र सद्भावलाई ध्यानमा राखि ल्याएको यो बजेटले सुनसरी र इनरुवा सडकको स्तरोत्रति गर्ने, केशल्या कोरीडोरलाई व्यवस्थित गर्ने जनाउँदै बजेटले भौतिक र मानव विकासमा केन्द्रित भएको बताए ।
उनले शैलेजा हृदयकेन्द्र अस्पताल निर्माण र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने बजेटको विशेषता छ भन्दै प्रदेशको राजधानी आउनसम्मका सबै बाटोलाई व्यवस्थित गर्ने दावी समेत गरे । मुख्यमन्त्री कार्कीले विराटनगरको रानीदेखि सुनसरीको दुहबीसम्म बाइपास बाटो निर्माण गर्ने भन्दै राजस्व बढाउन लोककल्याणकारीका योजनाहरु सञ्चालन हुने बताए ।
बजेट अध्यादेशबाट आएपनि सबैको मनछुने गरी बजेट ल्याएको र यसले आम नागरिकको आवश्यकता र चाहनालाई पूरा गर्ने दावी गर्दै बजेट पूर्णरुपमा कार्यान्वयन भई परिणाममुखी हुने कुरामा जोड दिए ।
तपाईको प्रतिक्रिया