खबर पूर्वाञ्चल
प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेश सभा नियमावली, २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) वमोजित छलफलका लागि प्रस्ताव सभामा पेश गरे । प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले छलफलका लागि प्रस्ताव सदनमा सदन समक्ष निर्णयार्थ पेश गर्दा सर्वसम्मतले पारित भएको छ ।
छलफलमा भाग लिदै प्रदेश सभाका सदस्य किशोरचन्द्र दुलालले नेपालको संविधानले नागरिकलाई खानेपानी सरसफाई प्राप्त गर्ने मौलिक अधिकारलाई सम्मान गर्दै प्रदेश सरकारले नागरिकलाई स्वच्छ खानेपानी उपलव्ध गराउनु पर्नेमा जोड दिए । उनले स्वच्छ खानेपानीको अभावले पहाडी क्षेत्रवाट नागरिकहरुको वसाई सराई हुने कार्यलाई अन्त्य गर्न विधेयक ऐन भएपछि प्रदेश सरकारले सम्बोधन गर्ने विश्वास जनाए । प्रदेश सभाको अर्को बैठक १६ गते दिनको १ बस्ने सभामुख बिष्टले सदनसमक्ष जानकारी गराए ।