ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उद्योगी राठीलाई बन्धक बनाएर १५ लाख असुली प्रकरण : निष्पक्ष छानवीन गरी कारवाही गर्न माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० मंसिर २०७९, मंगलवार १९:०९
1.94k
Shares
विराटनगर/ विराटनगरका उद्योगी अरुणकुमार राठीलाई आफ्नै व्यापारिक साझेदारले बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौति मागेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारवाही गर्न पूर्वका तीन वटा व्यवसायिक संस्थाले माग राखेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल, व्यापार संघ मोरङका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरले आज संयुक्त रूपमा विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेका हुन् ।

‘मुलुकको आर्थिक मेरुदण्डीय औद्योगिक, व्यवसायिक गतिविधिमा आवद्ध सुपरिचित करदाता, रोजगारदाता एवं जनप्रतिनिधित्वका लागि समेत अग्रसर राठी माथी दिनदहाडै गरिएको त्यस प्रकारको हिंसक एवं अराजक दुव्र्यवहार निन्दनीय रहेकोले हामी त्यसको घोर भत्र्सना गर्दछौँ,’ तीन व्यवसायीक संगठनले संयुक्त रुपमा जारी गरिएको विज्ञाप्तीमा उल्लेखछ ।

व्यावसायिक साझेदार नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबले राठीलाई १४ मंसिरमा बन्धक बनाएर १५ लाख रुपैयाँ असुली गरेको आरोप छ । नेपाल टाइम्सको पुरानो अपिसमा लगेर बन्दक बनाएर कुटपिट गर्दै १५ लाख रूपैयाँको चेक काट्न बाध्य पारेको राठीले बताएका छन् । घटनाको भएको चार दिनपछि राठीले आइतबार खत्ताबविरूद्ध मोरङ प्रहरीमा अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गराएका छन् । जाहेरी परेपछि प्रहरीले खात्तबलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेपछि आइतबार पक्राउ गर्न अनुमति दिएको छ ।

पक्राउ अनुमति पाएको दुई दिन बितिसक्दा पनि प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर