किड्स भिलेजका ८० विद्यार्थी दिक्षित

खबर पूर्वाञ्चल, २८ जेष्ठ २०७९, शनिबार १७:५९
171
Shares
विराटनगर / विराटनगर – ५ मुनालपथस्थित किड्स भिलेजमा अध्ययरत ८० जना विद्यार्थी दिक्षित भएका छन् । विराटनगरस्थित आरोहण गुरूकुलमा शनिबार एक कार्यक्रम आयोजना गरि ८० जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो ।

युकेजीबाट कक्षा १ मा उत्तिर्ण हुने विद्यार्थीहरूलाई भव्य कार्यक्रम आयोजना गरि दिक्षित गरिएको किड्स भिलेजका संचालक माधवप्रसाद खतिवडाले जानकारी दिए । कोभिडको १९ को कारणले अघिल्लो वर्ष उत्तिर्ण भएका विद्यार्थीहरूलाई दिक्षत गर्न नपाएका विद्यार्थीहरूलाई पनि यहि वर्ष उत्तिर्ण भएका विद्यार्थीहरूसँग राखेर दिक्षित गरिएको थियो ।

दिक्षित भएका विद्यार्थीहरूलाई प्रमाणपत्र किड्स भिलेजका प्रिन्सिपल विजय दाहालले बितरण गरेका थिए । सोही अवसरमा किड्स भिलेजका विद्यार्थीहरूले नाटक, नृत्य गीत प्रस्तुत गरि सहभागि भएका अभिभावहरुलाई मनोञ्जन प्रदान गरे । ४०० जना अध्ययरत रहेको किड्स भिलेजमा पूर्ण मन्टेश्वरी पद्धतीबाट पठनपाठन हुने गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढोथीका रहेका थिए । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावकको मन जित्नुपर्ने सुझाब दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५