animated ellipse animated ellipse

कर्मचारीको पारिश्रमिक नदिई विराटनगरको श्री हस्पिटल रातारात बन्द

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ जेष्ठ २०७७, सोमबार २०:२९
3
Shares
विराटनगर / विराटनगर ९ घोगापुल पूर्व रहेको श्री हस्पिटलले कर्मचारीलाई पूर्व जानकारी नगराई बन्द गराउँदा अस्पतालमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् ।

तीन महिनादेखि पारिश्रमिक नदिएको साथै अस्पतालमा कार्यरत कर्मचारीहरूको जानकारी बिनानै अस्पताल बन्द गराएको भन्दै उक्त अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका हुन । अस्पताल सञ्चालकले पारिश्रमिक नदिँदा र एक्कासि अस्पताल बन्द गराउँदा त्यहाँ कार्यरत करिव ६० जना भन्दा बढी कर्मचारीहरु अहिले अलपत्र परेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको त्रासबिच पनि डबल डिउटीमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले पाउनु पर्ने पारिश्रमिक नपाएको र आर्थिक अभावका कारण अस्पताल सञ्चालन गर्न नसकिने भन्दै बिना जानकारी अस्पताल बन्द गरिएको भन्दै आज कर्मचारीले अस्पतालका सञ्चालक राजेश अग्रवालको घर घेराउ गरेका थिए ।

विगत ४ वर्षदेखि श्री हस्पिटल प्रा. लिमा काम गर्दै आइरहेकी मेडिसिन ओपिडी डिपार्टमा कार्यरत भिवा राईले तीन महिनादेखि पारिश्रमिक नपाएको बताइन् ।

कोरोना भाइरस सङ्क्रमणको महामारीमा पनि जोखिम मोलेर काम गरेको भए पनि लकडाउनको बहाना बनाएर अस्पताल सञ्चालक राजेश अग्रवालले स्टाफ मिटिङ नराखी बिना जानकारी अस्पताल बन्द गरेको उनले बताइन् । पटक पटक अग्रवाललाई मिटिङमा आउन आग्रह गरेको भए पनि बेवास्ता गरेको उनको गुनासो छ ।

उनले भनिन् लकडाउनको कारण यो समय सबैलाई समस्या छ, हामीले पनि जोखिम मोलेर काम गरेका छौँ, भाडामा बस्छौँ तलब नदिएकाले घर भाडा तिर्ने, चामल किन्ने पैसा छैन ।

सोही अस्पतालका कर्मचारी दीपेन्द्र साह क्यासियर हुन् । उनी २ वर्षदेखि उक्त अस्पतालमा कार्यरत छन् ।

उनी विराटनगरस्थित मिलन चोकमा डेरा गरेर बस्छन् । कोरोना भाइरसको बढ्दो जोखिम । लकडाउनको अवस्थामा डबल डिउटी गरेको बताउने साहले पनि पारिश्रमिक पाएका छैनन् । उनी भन्छन्, घर भाडा तिर्नुपर्ने छ, तरकारी खाने पैसा छैन, हामीलाई थाहा नै नदिई हस्पिटल पनि बन्द गरेछन् ।

हस्पिटलमा काम गर्दै गर्दा यस्तो भाइरस महामारीको अवस्थामा पनि सेनिटाईजर, पन्जा, मास्क राजेश अग्रवालले दिन कञ्जुुस्याई गरेको उनको भनाई छ ।

तीन महिनादेखि अस्पतालले तलब भुक्तानी नगर्दा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीको दैनिकी सकस बनेको कर्मचारीहरूको गुनासो छ ।

आज अस्पताल सञ्चालक अग्रवालको घरमा पुगेका अस्पतालका कर्मचारीहरूलाई वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम र प्रहरी निरीक्षक विकास राईको समन्वयमा कर्मचारी र अस्पताल सञ्चालक अग्रवाललाई आपसी छलफल गर्न लगाइएको थियो ।

सञ्चालक अग्रवालले एक हप्ता भित्र कर्मचारीको तलब भुक्तानी गर्ने सर्त राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर