खबर पूर्वाञ्चल
आज विराटनगरमा सङ्घको २१ औं वार्षिकोत्सवका अवसर पारेर स्वर्ण पदक विजेता खेलाडी लगायत अन्य खेलाडीहरुलाई ुम्मान गरेको हो । स्वर्ण पदक विजेता खेलाडीहरु कुसुम राजवंशी, रोशन मगर , बीरबहमादुर तामाङसहित विभिन्न विधामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र जोडाङ्गलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेलाई प्रदेश १ का खेलकुद विकास वोर्डका सदस्य सचिव हंशराज वाग्लेले सम्मान गरे । कार्यक्रममा बोल्दै प्रदेश सरकारकोतर्फबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई पुस २० गते आगाडि वृहत स्तरमा नगद सहित सम्मानको कार्यक्रम गर्ने जानकारी दिए । उनले प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी र परिवारका सदस्यहरुलाई निशुल्क उपचारका लागि दुई नीजि अस्पतालसँग सम्झौता भई कार्यान्वयनमा आएको समेत बताए ।
आईटिएफका संस्थापक प्रदेश अध्यक्ष प्रवीण कार्की, प्रदेश प्रशिक्षक चतुरलाल चौधरी, धनबहादुर लवाङ र सिता लामिछाने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाल र प्रदेशको नाम राख्ने यस खेलको विकासका लागि प्रदेश सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयस्तरमा थप प्रशिक्षण उपलव्ध गराउन सहयोग उपलव्ध गराउन आग्रह गरे ।
आइटिएफले पोखरामा भएको राष्ट्रिय खेलकूद प्रतियोगितामा तीन स्वर्णसहित १० पदक ल्याउन सफल भएको थियो ।