खबर पूर्वाञ्चल
दुई चरणमा आयोजना गरेर स्कुलले वर्षिकोत्सव तथा अभिभाव दिवस मनाएको हो ।
स्कुलले हिजो र आज दुई दिन लगाएर विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव र अभिभाव दिवस मनाएको स्कुलका प्रिन्सिपल दिनेश ढुङ्गनाले बताए । प्ले ग्रुपदेखि कक्षा तीनसम्मका विद्यार्थीहरुले नृत्य, गायन, फेशन शोलगायतका विभिन्न प्रतिभाहरु प्रस्तुत गरेर शुक्रबार दिनभरी रमाइलो गरे । आज ४ देखि कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरि सहभागि भएका अतिथि, शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई रमाइलो प्रदान गरे ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल दिनेश ढुङ्गनाले विद्यार्थीहरुलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा दिएर अगाडी बढेको बताए । स्कुलमा अध्ययरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा विद्यालयले कुनै पनि कसुर बाँकी नराखेको बताए । अहिले प्रविधिमैत्री शिक्षा प्रदान गरेर विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढेको उनको भनाई छ ।
कार्यक्रममा प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष विष्णु डंगोल, सदस्य हिरा थापा र विराटनगर ब्याब्सन अध्यक्ष अर्जुन श्रेष्ठलगायतका विभिन्न स्कुलका प्रिन्सिपल तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।